पोखरा । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्ष (सोह्रश्राद्ध) को विधिवत् समापन हुँदैछ । आज अन्तिम दिन औँसी श्राद्ध गरिनेछ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडा दशैं सुरु हुन्छ ।
सोह्रश्राद्धको अन्तिम दिन आजलाई औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।
कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश श्राद्ध रोकिएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ ।
श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ ।
सम्बन्धित खबर
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र विशेष पूजा
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व
आज छठ पर्वको मुख्य दिन, बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठको दोस्रो दिन आज ‘खरना’
सुरु भयो छठ पर्व, आज नहाय खाय
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते