पोखरामा अवैध गहनासहित चन्द्रभूषण पक्राउ

पोखरामा अवैध गहनासहित चन्द्रभूषण पक्राउ

कार्वाहीका लागि ललितपुर पठाइयो

chandrabhusan

पोखरा । अवैधरुपमा चाँदीका गरगहना ओसारपसार गर्ने एक भारतीय नागरिकलाई सोमबार कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला सुगौलीथाना वडा नं. १० घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने ३५ बर्षीय चन्द्रभूषण प्रसाद रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पृथ्बी राजमार्गमा पोखरा आउँदै गरेको बस चेकजाँच गर्दा उनी गहनासहित पक्राउ परेका थिए ।

उनको साथबाट बुट्टावाला पाउजु एक सय ४० थान, झल्लार पाउजु एक सय ९२ थान, सादा पाउजु एक सय २५ थान, चन्द्रमा पाँच थान, साडी पिन ११ थान, पाउजुको लक हुक चार सय ९८ थान गरी कुल पाँच किलो छ सय ९० ग्राम तयारी गहना र एक थान मोवाईल सेट बरामद भएको छ ।

सो गहनाका प्रमाण खुल्ने कुनै कागजात तथा बिलसमेत नभएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएकोको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ