जिबी राईसँग मिलेमतो गरी ३ करोड बढी आफ्नो खातामा सार्ने लिला पोखरामा पक्राउ

सूर्य दर्शन सहकारी ठगी प्रकरणः

जिबी राईसँग मिलेमतो गरी ३ करोड बढी आफ्नो खातामा सार्ने लिला पोखरामा पक्राउ

Pachai

पोखरा । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था ठगी कसूरमा थप एक जना प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गुल्मीको मुसिकोट नगरपालिका ४ स्थायी घर भइ हाल ललितपुर १५, खुमलटार बस्ने वर्ष ३२ की लिला पछाईलाई १४ असोजमा पोखराको गैह्रापाटनबाट पक्राउ गरेको हो।

पछाईले सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम हिनामिना एवं अपचलन गरी गितेन्द्रबाबु राईसँग मिलेमतो गरी ३ करोडभन्दा बढी रकम आफ्नो बैंक खातामा लगेर चलअचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गर्ने गरेको पाइएको छ ।

निजलाई कास्की जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सोही सहकारीको रकम अपचलन मुद्दामा हालै पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीमाथि अनुसन्धान भइरहेको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक÷शेयर होल्डर तथा संचालकसमेत रहेका पूर्व डिआईजी जोशीको जिल्ला सरकारी वकिल कार्यालयसमक्ष जिल्ला प्रहरी कार्यालय कास्कीले बयान लिइसकेको छ । उनलाई पहिले ५ दिन हिरातमा राखिएकोमा गत ११ असोजमा थप ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ