आज ११४ अंकले बढ्यो नेप्से

आज ११४ अंकले बढ्यो नेप्से

share market

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सयभन्दा बढी अंकले बढेको छ।

आज नेप्से परिसूचक ११४ दशमलव ७० अंकले बढेको हो। ४ दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक २ हजार ६२३ दशमलव ५६ को अंकमा कायम भएको छ।

आज ३०७ कम्पनीका १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँ बराबरको कारोबार भएको छ।

वित्त समूह आज सबैभन्दा धेरै ९ दशमलव ७४ प्रतिशतले बढेको छ।

बैङ्किङ ३ दशमलव ८३, विकास बैंक ५ दशमलव ४८, होटल तथा पर्यटन ५ दशमलव ९७ र जलविद्युत् ५ दशमलव ९८ प्रतिशतले बढेको छ।

लगानी ६ दशमलव १०, जीवन बीमा ४ दशमलव १२, उत्पादन तथा प्रशोधन २ दशमलव १९, लघुवित्त ३ दशमलव ९८, म्युचुअल फन्ड १ दशमलव ६६, निर्जीवन बीमा ३ दशमलव शून्य ९, व्यापार ३ दशमलव ९९ र अन्य समूह ४ दशमलव ६७ प्रतिशतले बढेको छ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको २८ करोड ८२ लाख ८३ हजार ९५६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको ६ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds