गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन् ।
‘चाडपर्वको समय छ, अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन् यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो संवेदनशील हुने बेला हो, मौका छोप्ने बेला होईन ।’ पोखरा सहित गण्डकी प्रदेशको बिभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पु¥याउँदा यातायात आउजाउ सहज छैन । पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाण्डौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ ।
यात्रुहरुको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एअरलाइन्स कम्पनीहरुलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न सुझाव दिए । ‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरुँला’ मुख्यमन्त्री पाण्डेले भने ‘तपाईहरुले यहाँबाट आफुले सक्ने सहजिकरण गर्नुहोस् ।’
अहिले पोखरा–काठमाण्डौँ भाडा पाँच हजार नौ सय सम्म छ । यस अघि चार हजार चार सय थियो । सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिए । ‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ।
आईतवार काठमाण्डौँबाट पोखराकालागि उडेको जाहज लामो समय होल्ड गरी राती ११ः३० बजे पुन काठमाण्डौँ फर्किएको थियो । यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन एअरलाईन्सहरुलाई सचेत गराएका थिए ।
विपद् र चाडपर्वका बेला फ्लाईट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको बताउँदै उनले फ्लाईट घटाएर टिकट नबढाउन निर्देशन दिए । विपद्को समयमा सेवा दिँदै आएका कम्पनीहरुलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतकालागि पनि ध्यान दिईनुपर्ने बताए ।
एरलाईन्स कम्पनीहरुले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यस बारे केन्द्रिय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन् । पोखरामा यति, बुद्ध, श्री एरलाईन्सले सेवा दिँदै आएका छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते