झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने

झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने

Khola

धादिङ । धादिङको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने क्रममा थप तीन वटा शव समेत भेटिएको प्रहरीले जनाएको छ ।

झ्याप्ले खोलामै हिजो पहिरोले पुरेका दुईवटा बस र १४ जना यात्रुको शव निकालिएको थियो । त्यही पहिरोमा आज अर्को बस पनि पुरिएको अवस्था भेटिएको हो ।

आज भेटिएको बस र तीन जना यात्रु गोरखाबाट काठमाण्डौतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बस र यात्रु हुन सक्ने प्रहरीले जनाएको छ । बस र यात्रुको पहिचान भने भइसकेको छैन । गोरखाको लापुबेंसीबाट शुक्रबार बिहान काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रा.लीले जनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ