बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो, ६७ जना बेपत्ता

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो, ६७ जना बेपत्ता

Lalitpur_Nakhkhu

ललितपुरः १२ असोजः दुई दिनको अविरल वर्षाका कारण ललितपुर महानगरपालिकाको नख्खु दोभानस्थित बागमती करिडोर क्षेत्रमा जलमग्न अवस्था । तस्बिरः हरि परियार÷रासस

पोखरा । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म १०० जनाको मृत्यु भएको छ ।

६७ जना बेपत्ता भएका छन् । कम्तीमा १०० जना घाइते भएका गृह मन्त्रालयले जनाएका छ ।

ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा ५/५ जनाको मृत्यु भएको छ ।

यस्तै, दोलखामा ३, सिन्धुली, धनकुटा र महोत्तरीमा २/२ जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा १/१ जनाको मृत्यु भएको पछिल्लो विवरण छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds