हिमाली जिल्ला मनाङमा बेमौसमी हिमपात भएको छ । पुस–माघ–फागुनमा पर्ने हिमपात यो वर्ष मनाङमा असोजमै परेको हो ।
देशभर वर्षा भइरहँदा मनाङमा भने हिमपात भइरहेको स्थानीयले बताएका छन् । हिमपातका कारण मनाङको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ ।
मनाङको नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँमा भारी हिमपात भएको छ । यस्तै, मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ । तिलिचो र थोराङ्ला क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन् ।
नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले अविरल वर्षासंगै हिमपात भएको बताए । शुक्रबार रातीदेखिको हिमपातले नार र फू सेताम्य बनेको र मेता र च्याखुमा समेत हिउँ परेको बताए । उनका अनुसार किसानले यतिबेला करु काटेर खेत र छतमा सुकाएकोमा सवै हिउँले थिचिएको बताए । उनका अनुसार आलुबालीलाई समेत क्षति पारेको छ ।
पर्यटन व्यावसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले मनाङ गाउँ माथि हिउँ हिउँ परेको र तिलिचो तथा थोराङ्ला क्षेत्रमा बढी परेको बताए । हिउँले पर्यटक आवागमनलाई खासै असर नरे पनि थन्क्याउने बेलाको करु र फापर बालीमा क्षति पुगेको बताए । उनले बेमौसमी हिमपातले किसानलाई समस्यामा पारेको बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले पर्यटकीय सिजन सुरु भएको र यही बेला हिमपात भएको बताए । देशभर मौसममा खराबी भइरहेको बेला यसले मनाङमा पनि असर पारेको र हिमपात नै भएको बताए । उनले पर्यटकलाई सतर्क रहेर गन्तव्य तय गर्न आग्रह गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले नार्पाभूमिका ग्रामीण वस्ती साथै मनाङ ङिस्याङ गाउँपालिका केन्द्र हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको बताए । चामेको डाँडाकाँडामा पनि हिमपात भएको उनले बताए ।
उनले पर्यटकलाई आवश्यक सूचना लिएरमात्रै गन्तव्य तय गर्न भनेको र एक्यापलाई सोही अनुसार भनेको बताए । उनले शुक्रबारमात्रै चक्रीय अन्नपूर्ण पदमार्गमा १ सय ८ जना विदेशी पर्यटक आएको बताए । उनले विपद्संगको प्रतिकार र पूर्वतयारीका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए ।
सम्बन्धित खबर
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
मनाङमा बेमौसमी हिमपात, फूमा ६ इन्च हिउँ
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मनाङमा भूकम्पको धक्का
मनाङमा मौलिक घर हराउँदै
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
स्याङ्जाका तेजनले आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गरे