७५ हजार धरौटीमा छुटे डा. ढाकाकुमार

७५ हजार धरौटीमा छुटे डा. ढाकाकुमार

Dhaka-Kumar-Shrestha-11

पोखरा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका  पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् ।

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका ढाकाकुमारलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको  हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको गत भदौं २७ गते प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेको ढाकाकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

रास्वपाले श्रेष्ठलाई घुस काण्डमा मुछिएपछि सांसद पटबाट निश्कासन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ