सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान कायम

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान कायम

Gold sun

पोखरा । नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ७०० रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि मंगलबार सुनको मूल्य तोलामा एक लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ