लागूऔषध बोकेर पोखरा आउँदै गरेका परियार पक्राउ

पक्राउ

लागूऔषध बोकेर पोखरा आउँदै गरेका परियार पक्राउ

pariyar pakrau

पोखरा । लागूऔषधसहित एक युवकलाई कास्की प्रहरीले  पक्राउ गरेको छ ।

मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २९ पट्नेरी बस्ने ३१ वर्षीय मनबिर परियार पक्राउ परेका हुन् ।

परियारलाई सोमबार दिउँसो करिब ४ः३० बजे पोखरा-३२ मजुवास्थित पृथ्वी राजमार्गबाट लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र अस्थायी प्रहरी पोष्ट मझुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पोखरातर्फ आँउदै गरेको बस चेकजाँच गर्नेक्रममा परियार लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनको साथबाट डाईजेपाम ५१ एम्पुल, फेनेरागन ५१ एम्पुल, नुर्फिन ५१ एम्पुल गरी जम्मा एक सय ५३ एम्पुल लागूऔषध बरामद भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका परियारविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा पाँच दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ