पौडी खेल्ने क्रममा तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु

पौडी खेल्ने क्रममा तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु

Death Dubera

पाल्पा । पाल्पामा खोलाले बगाएर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावतको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विशाल सोमबार साँझ पौने ६ बजेको समयमा पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए । खोजीका क्रममा रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ