रवि लामिछानेलाई पक्रन माग गर्दै कास्की प्रशासन अगाडि सहकारी पीडितद्वारा प्रदर्शन

प्रदर्शन

रवि लामिछानेलाई पक्रन माग गर्दै कास्की प्रशासन अगाडि सहकारी पीडितद्वारा प्रदर्शन

रास्वपाका कार्यकर्ताहरू नजिकै सहिद चोक चौतारामा

rabi supporter birodhi

पोखरा । सहकारी रकम अपचलन गर्ने रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् ।

सबैभन्दा रोचक दृश्य यस्तो देखियो कि, उनीहरूले नाराबाजी र प्रदर्शन गरिरहँदा रास्वपाका कार्यकर्ताहरूले भने सभापति लामिछानेलाई फसाउन पाइँदैन भन्दै प्रदर्शन गरिरहेका थिए ।

पीडितहरूले रास्वपाका कार्यकर्ताहरु तिर फर्किएर सहकारी ठग मुर्दावाद नारा लगाएका थिए । सहकारीपीडितले जनतालाई ठग्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् ।

पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् । जिबी र रबिका व्यावसायिक साझेदार छविलाल जोशीलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। त्यही समयमा सहकारी पीडितहरूले प्रशासन अगाडि प्रदर्शन गरेका हुन् ।

सहकारीको पीडितहरूले लामिछानेले पनि बचत अपचलन गरेको भन्दै गत माघमा जाहेरी दिएका थिए । र, पूरक जाहेरी अब प्रहरीले अगाडि बढाउने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ