जापानमा भारी वर्षाका कारण ६ जनाको मृत्यु, १० बेपत्ता

जापानमा भारी वर्षाका कारण ६ जनाको मृत्यु, १० बेपत्ता

japan

पोखरा । जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण ६ जनाको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतकमध्येका दुई जना कामदार आइतबार एउटा सुरूङनजिकै मृत फेला परेका थिए । भने शनिबार भग्नावशेषमुनि गाडिएका अन्य दुई जना महिलाको शव फेला परेको जनाएको छ ।

नदी क्षेत्र नजिकै उद्धार गरिएको एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने एउटा घर पहिरोमा डुब्दा थप एक जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

बेपत्ता व्यक्तिहरूको खोजी कार्य भइरहेको जनाएको छ ।

भारी वर्षाले शनिबारदेखि इशिकावामा सामान्य जनजीवन प्रभावित भएको छ भने यो क्षेत्र केही समयअघि मात्र ठूलो भूकम्पबाट प्रभावित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ