सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ५९ हजार २०० पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ५९ हजार २०० पुग्यो

sun gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ४०० रुपैयाँले बढेर एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ