पोखर । प्रसूति व्यथा च्यापेर सिकिस्त एक जना गर्भवतीको बाग्लुङबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० वर्षीया सुनिला श्रीपालीको आइतबार बिहान बुर्तिबाङबाट हवाई उद्धार गरिएको हो ।
व्यथा च्यापेपछि उनी शनिबार राति ९ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी थिइन् । आइतबार बिहान साढे ३ बजेदेखि उच्च रक्तचापले मुर्छा परेपछि श्रीपालीलाई काठमाडौं पठाइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. नविन्द्र ढकालले बताए । उनलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल लगिएको छ ।
घुमफिरको सिजन भएकाले यो समयमा निजी कम्पनीको हेलिकप्टर उद्धारका लागि पाउन मुस्किल हुन्छ । निजी कम्पनीको हेलिकप्टर नपाइएपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गृह र रक्षामन्त्रीलाई सम्पर्क गरेका थिए । ‘मैले बिहानै ४ बजे खबर पाएको थिएँ । त्यसपछि मन्त्रालयको टिमले निजी हेलिकप्टर कम्पनीलाई सोध्यो । सबै रिजर्भ रैछन्,’ उनले भने, ‘गृह र रक्षामन्त्रीले सहयोग गर्नुभयो । त्यसपछि नेपाली सेनाको हेलिकप्टर बिहान बुर्तिबाङ गयो ।’
गर्भवती श्रीपालीको स्वास्थ्य रेखदेखमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकाल, रचना सुवेदीलगायत स्वास्थ्यकर्मीको समूह खटेको थियो ।
सम्बन्धित खबर
गण्डकीका स्वास्थ्यमन्त्रीको पहलमा बुर्तिबाङबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
बागलुङमा घर भत्काउने क्रममा १ जनाको मृत्यु, ११ घाइते
समस्या पहिचान र समाधानको योजनासहित अघि बढेको छु: स्वास्थ्य मन्त्री पाठक
बागलुङको बुर्तिबाङमा घर भत्काउँदा घरधनीको मृत्यु, ११ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग