करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला

करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला

elephant

बारा । बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।

कोल्हबी नगरपालिकावडा–२ मा करिब १५ वर्षको जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।

उनका अनुसार हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो।

२०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ