अपडेट: हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जीवितै

अपडेट: हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जीवितै

altitude mountain flight (1)

गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङ नभई नुवाकोटमा दुर्घटना भएको खुलेको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार हेलीकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका ४ मा दुर्घटना भएको हो। हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ। सोहि हेलीकोप्टरमा सवार डोल्मा आनी भने जीवितै रहेको बताइएको छ। उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनायो।

https://www.facebook.com/gandaknews/videos/1958525800899644/

सामागाउँबाट उडेको उक्त हेलीकोप्टरमा पाँच जना नेपाली, एक जापानी र पाइलट निश्चल केसी सवार रहेको नुवाकोट जिल्ला प्रशासनले पुष्टी गरेको छ। हेलीकोप्टरमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित ल्हो गाउँकी आनी डोल्मा, चुमनुब्री १ साम्दोका छेवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कामात्सु, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा सवार थिए।

सम्बन्धित समाचार

गोरखाबाट काठमाण्डौ उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त

http://gandaknews.com/altitude-heli-crash/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ