पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा दिवाकर जैसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाको २२ औं साधारणसभा तथा नवौं अधिवेशनले हिल पोइन्ट मावि पोखरा, माटेपानीका प्राचार्य जैसीलाई अध्यक्ष निर्वाचित गरेको हो ।
समिति उपाध्यक्षमा ढाकाराम कँडेल, उपाध्यक्ष पूरन कुँवर, सचिवमा प्रतिभा माविका प्राचार्य किरण सापकोटा, कोषाध्यक्ष राजेन्द्र पौडेल र सहसचिव आनन्दप्रसाद अधिकारी चयन भए ।
सदस्यमा नवीन बराल, खिमबहादुर गुरुङ, शिवबहादुर रेग्मी, शिवबहादुर भण्डारी, नारायण आचार्य, टेकनाथ पौडेल, विकास पहारी, प्रेमराज अधिकारी, विकल पौडेल, शर्मिला गुरुङ र आमोद कोइराला छन् ।
हिसान केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
यमबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हिसान केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, हिसान धौलागिरी अध्यक्ष कृष्ण केसी, जिल्ला खेलदुद विकास समिति कास्की प्रमुख तोरणबहादुर बानियाँ, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, एन प्याब्सन कास्की अध्यक्ष हेमन्तराज अधिकारी, यूनिप्स उपाध्यक्ष विनोकुमार नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष जैसीले आफ्नो कार्यकालमा सबैको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले व्यावहारिक शिक्षामा जोड दिँदै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिने बताए । नवनिर्वाचित समितिलाई हिसान केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा स्वागत दिवाकर जैसी र संचालन ढाकाराम कँडेलले गरेका थिए ।
सम्बन्धित खबर
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट
संविधान दिवस : स्याङ्जामा प्रभातफेरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग