संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण

संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण

blood donation

स्याङ्जामा संविधान दिवसका अवसरमा रक्तदान तथा फलफूल वितरण गरिएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ मनाउने क्रममा जिल्ला मुल समारोह समितिले आज असोज २ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा २० जनाले रक्तदान गरेको र संकलित रगत स्याङ्जा अस्पतालको ब्लड बैंकमा राखिएको नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए । सरकारी कर्मचारी, सुरक्षाकर्मी, कारागारका थुनुवा र कैदीबन्दी तथा आम नागरिकले स्वतस्फूर्त रुपमा रक्तदान गरेको अध्यक्ष अर्यालले बताए ।

स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय र नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई फलफूल वितरण गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ