मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा

Cablecar Manakamana

चितवन । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा ल्याइने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुनेछ ।

स्तरोन्नति र मुख्य तारको लट्ठा फेर्नका लागि गएको असार ३१ गतेदेखि केबलकारको सेवा बन्द गरिएको थियो ।

२६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालित केबलकार डिजिटलमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका निम्ति ०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यो केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेसमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ