प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान

सम्मान तथा पुरस्कार

प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान

pra samman (1)

पोखरा । विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ ।

पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए ।

व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्राचार्य किरण सापकोटा सहितले विद्यार्थी र उनीहरुका अभिभावकलाई विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन ।

उक्त अवसरमा प्राचार्य सापकोटाले अहिलेको सफलताले विद्यालयलाई हौसला मिलेको बताए । उनले प्रतिभाले हरेक वर्ष इतिहास रच्दै आएको पनि बताए । ‘इतिहास कायम गर्ने मात्र नभई निरन्तरता दिन ठुलो कुरा हो । यो वर्ष प्रतिभाले हरेक क्षेत्रमा इतिहास रच्दै आएको छ । यो सबैको प्रयासले सफल भएको हो,’ उनले भने, ‘यो सफलताले प्रतिभालाई आगामि दिनमा थप हौसला मिलेको छ ।’

सफल भएका विद्यार्थी भविश्यको व्यवस्थापन क्षेत्रमा अब्बल जनशक्तिको रुपमा तयार भएर आउने उनले बताए । ‘अहिले सफल विद्यार्थी भविश्यका अब्बल जनशक्ति हुन् । हरेक घरदेखि व्यावसायसम्म व्यवस्थापनको जनशक्ति आवश्यक हुन्छ,’ उनले भने, ‘विद्यार्थीको यो सफलताले प्रतिभा परिवार हौसिएको छ ।’ प्रतिभाले अघिल्लो साता विज्ञान विषय अन्तर्गत विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीलाई यसैगरि सम्मान गरेको थियो ।

कार्यक्रममा छात्रा दिपिकाकुमारी शर्माले प्रतिभाले देखाएको मार्गले आफुलाई सफल बनाउन सकेको बताईन । हरेक क्षेत्रमा मेहनत गर्ने हो भने सफलता हात पर्ने उनले बताईन । अर्का छात्र निमेष तिवारीले विद्यार्थीको उपलब्धिमा विद्यालयको ठूलो हात रहेको बताए । उनले प्रतिभासँगको नाता कहिल्यै नसकिने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले प्रतिभाले हरेक क्षेत्रमा उपलब्धिको ग्राफ कोरिरहेको बताए ।

अहिलेको सफलतामा सबैको योगदान रहेको उनले बताए । ‘सफलता इतिहास मात्र नबनोस, इतिहास निरन्तर कोर्न सक्नुपर्छ । यो सफलताबाट अरुले पनि सिक्नुपर्छ,’ अध्यक्ष पौडेलले भने, ‘सफलता पुरा गर्न मेहनत चाहिन्छ ।’

पछिल्लो समय १२ कक्षा उत्तिर्ण गरेपछि विद्यार्थीहरु थप अध्ययनका लागि विदेश जाने भएपनि प्रतिभाका विद्यार्थीले स्वदेशमै अध्ययन गर्न थाल्नु सबैका लागि सुखद् रहेको उनले बताए । ‘भविश्यका म्यानेजर हामीले प्रतिभाका उत्तिर्ण यी प्रतिभामा देखेका छौ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ