पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो

पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो

viber_image_2024-09-16_14-04-16-346

पोखरा । कर्मचारी सञ्जय कोषको ६३ औं वार्षिकोत्सव कोषको शाखा कार्यालय पोखराले सोमबार मनाएको छ । गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि बस्नेतले सामाजिक सुरक्षाको महत्व अधिक रहेको चर्चा गर्दै राष्ट्रसेवक कर्मचारीहरुको अवकाशपछिको आर्थिक आवश्यकतालाई सम्बोधन गरी भविष्य सुरक्षित बनाउने उद्देश्यले स्थापित यस कोष आवश्यक रहेकोमा जोड दिइन् ।

विशेष अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सामाजिक सुरक्षा कोष बलियो बनाउनुपर्नेमा जोड दिँदै सबैले शेयर लगानी गरी पूँजीलाई अझै राम्रो बनाउनुपर्नेमा जोड दिए । सबै बचतकर्ताहरुको मन जितेर काम गर्नुपर्ने र समयानुसार सेवा वृद्धि गरी अघि बढ्न सुझाव दिए ।

कर्मचारी सञ्चय कोष, पोखरा शाखा कार्यालय प्रमुख मदन सुवेदीले कार्यालयको वार्षिक कार्यप्रगतिको विवरण प्रस्तुत गरेका थिए ।

उनले कार्यालयले अनलाइन सेवालाई ७५ प्रतिशत उपयोग गरिसकेको बताउँदै अब शत प्रतिशत अनलाइनमार्फत् सेवा प्रवाह गर्ने गरी अघि बढेको जानकारी दिए । कोषको मोबाइल एप अत्यन्त प्रभावकारी भएको, कार्यसम्पादन स्तरमा गुणात्मक सुधार भएको बताए ।

कार्यालयका उपप्रबन्धक रामप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक प्रवन्धक महेन्द्र पन्थीले गरेका थिए ।

उक्त अवसरमा कार्यालयका कर्मचारीहरुबीच सञ्चालित विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

१९९१ मा सैनिक द्रव्य कोषको रुपमा स्थापना भई २००१ मा निजामती प्रोभिडेन्ड फण्ड र २०१७ मा अर्थ मन्त्रालय अन्तर्गत कर्मचारी सञ्चय कोष विभाग हुँदै कर्मचारी सञ्चय कोष ऐन २०१९ बमोजिम एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित सांको रुपमा वर्तमान कर्मचारी सञ्चय कोषको स्थापना भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ