लमजुङको डुम्रे–बेँसीशहर सडक खुल्यो

लमजुङको डुम्रे–बेँसीशहर सडक खुल्यो

pahiro

लमजुङ । पहिरोले अवरुद्ध लमजुङको डुम्रे–बेँसीशहर सडक सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ को उदिपुर, दलाललगायतका ठाउँमा अविरल वर्षाले पहिरो जाँदा हिजो आइतबार बेलुकादेखि सडक अवरुद्ध भएको थियो।

पानी निरन्तर रूपमा परिरहे पनि एस्काभेटरले विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीशहरबाट काठमाण्डौै, तनहुँ, पोखरा जाँदै गरेका र त्यहाँबाट बेँसीशहर आउँदै गरेका अलपत्र परेका थिए। अहिले भने सबै गाडी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ