लमजुङ । अविरल वर्षापछि पहिरो जाँदा डुम्रे-बेशीशहर सडक अवरुद्ध भएको छ।
आइतबार साँझ यस सडकअन्तर्गत लमजुङ बेशीशहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुंगा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताए। सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुंगा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उनको भनाइ छ।
यात्रु तथा बेशीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताए। यस सडक हुँदै बेशीशहरबाट तनहुँ, काठमाडौँ, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते