सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

दुर्घटना

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

ट्रकका चालक र सहचालक सम्पर्कमा छैनन्

truck-acc

त्रिशूली नदी किनारमा ट्रक खसेको छ।

आइतबार बिहान सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक नारायणघाट-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ को २५ किलोबाट त्रिशूली नदीमा खसेको हो।

ना ६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।

उक्त ट्रक खानेतेल बोकेर काठमाडौं जाँदै थियो।

ट्रकका चालक र सहचालक सम्पर्कमा छैनन्।

दुर्घटनास्थल सिमलतालभन्दा केही तल हो। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ