गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको पर्यटनको विकासमा फोटोग्राफरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
पोखरा फोटोग्राफर संघले शनिबार पोखरामा आयोजना गरेको चौथो फोटोग्राफी अवार्ड वितरण समारोहमा प्रमुख अतिथि रहेका उनले विश्वमाझ यहाँका सम्पदाहरुको प्रचारप्रसार तथा प्रवर्द्धनमा फोटोग्राफी तथा भिडियोग्राफीको महत्वपूर्ण भूमिका रहेको बताए ।
‘देशका कुना काप्चामा लुकेर रहेका धार्मिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्र तथा समुदायको फोटोग्राफीको माध्यमबाट पहिचान, प्रचारप्रसार गर्ने हेतुले विभिन्न समयमा फोटोग्राफी भ्रमण, पदयात्रा, फोटोग्राफी प्रतियोगिता तथा फोटो प्रदर्शनी जस्ता कार्यक्रमहरूले सामाजिक रुपान्तरण तथा पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आइरहेको बुुझेको छु । जुन प्रशंसनीय कार्य हो ।’ उनले भने ।
भट्टले उत्कृष्ट चयन गर्दै अवार्ड प्रदान गरी व्यवसायिक रुपमा अघि बढेको थाहा पाउँदा खुशी लागेको बताए । यस्ता गतिविधिले अग्रजलाई सम्मान र सन्तुष्टि हुन्छ भने नयाँ पुस्तालाई प्रोत्साहन र हौसला प्रदान गर्ने उनको भनाई थियो ।
‘फोटोग्राफी केवल व्यवसायका रुपमा मात्र नभईकन समाजको यथार्थ चित्रण गर्ने माध्यमको रुपमा लिनुपर्ने हुन्छ ।’ प्रदेश प्रमुख भट्टले भने ।
कार्यक्रममा उत्कृष्टलाई सम्मान पनि गरिएको थियो ।
सम्बन्धित खबर
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत वर्ष साढे ४ लाख बढीले लिए सेवा
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
प्रदेश प्रमुख भट्टद्वारा संविधान दिवसमा शुभकामना व्यक्त
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग