पोखरा । पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै पत्रकार सागर राज तिमिल्सिनालाई रेवान पोखराले सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले तिमिल्सिनालाई नगद २५ हजार, सम्पानपत्र र दोसल्लाले सम्मान गरे ।
रेस्टुरेन्ट एन्ड बार एसोसियन अफ नेपाल पोखराको २४ औं वार्षिक साधारण सभा तथा १३ अधिबेसनको अवसर पारेर पर्यटन प्रबद्र्धनमा योगदान कदर गर्दै उनलाई सम्मान गरिएको हो । पत्रकार तिमिल्सिना बिगत १६ वर्ष देखि पोखराको पत्रकारितामा क्रियाशिल छन् ।
समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरुवात गरेका तिमिल्सिना पोखरा एफएम, विग एफएम, एभिन्युज टेलिभिजनमा काम गरि सकेका छन् । हाल पोखराकाबाट सेतोपटी डटकमका संवाददाता, गन्थन डटकमका सम्पादक र एपिवान टेलिभिजनका गण्डकी ब्युरो प्रमुख हुन् । यस अगाडि सोही पुरस्कारबाट पत्रकार कृष्णमणि बराल सम्मानित भएका थिए ।
सोही कार्यक्रममा भर्खरै इन्डोनेसियामा सम्पन्न १८ औं प्याराग्लाइडिङ्ग एसियाडमा रजत पदक हात पार्न सफल खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम