अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप निर्वाचित

नयाँ नेतृत्व

अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप निर्वाचित

trideep

पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मंगलबार सार्वजनिक मतपरिणामअनुसार गुरुङ १ सय ३७ मतसहित विजयी भएका हुन् ।

उनका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याए । खुला उपाध्यक्षमा बसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी भए । समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध भए ।

प्रमुख सचिवमा सुजन बास्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय (नवलपुर) र सन्दीप महतो (नवलपुर) निर्वाचित भए । महिला सचिवमा ज
जूना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार (बागलुङ) निर्विरोध भए । क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ ।

सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले बताए । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदीप पराजुली रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ