एप्पलले नयाँ प्रो मोडल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ। सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो।
प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ। आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ।
यी फोनमा भएको डिस्प्ले आईफोनमा भएको सबैभन्दा ठूलो डिऊ रहेको दाबी गरिएको छ। यसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ। कम्पनीले यी मोडेलमा प्रो मोसन डिस्प्ले उपलब्ध गराएको छ।
फोनको फ्रेममा भने फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ। यसअघिको आईफोन १५ प्रो मोडलभन्दा यो फ्रेम बढी बलियो र टिकाऊ हुने दाबी कम्पनीको छ।
यसमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको जनाएको छ। त्यसबाहेक यी मोडेलमा अहिलेसम्मकै राम्रो ब्याट्री रहेको कम्पनीको दाबी छ।
यी मोडेल ए १८ प्रो बायोनिक चिपसेटद्वारा सञ्चालित छन्। यो ए १८ भन्दा शक्तिशाली भएको कम्पनीले जनाएको छ। यसमा १७ प्रतिशत बढी मेमोरी ब्यान्डविथ छ। जीपीयूका सन्दर्भमा यसमा ६ कोर जीपीयु छ। ए १७ प्रोको तुलनामा यो २० प्रतिशत शक्तिशाली भएको दाबी गरिएको छ।
फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ। त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ। यसमा अटो फोकसको सुविधा पनि छ।
आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर रहेको छ भने आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर कायम गरिएको छ।
सम्बन्धित खबर
चैत मसान्तसम्म फेसबुकलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नभए बन्द गरिने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु