बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर १ मतहनियाका ९ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए।
एक सातासम्म ‘आईसीयू’मा ती बालिकाको उपचार भएको र अहिले ती बालिकाको अवस्था सामान्य रहेको अस्पतालकी बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकरी दिइन्।
जापानिज इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने बताइन्छ। ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएकोबारे थाहा हुन नसकेको शाहीले बताए।
चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन्। ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ। यो भाइरसले मुख्यतया मस्तिष्कमा असर पार्छ। जापानिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा.संकेतकुमार रिसालले बताए।
यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ। डा.खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सम्बन्धित खबर
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
राष्ट्रिय शिक्षा दिवस : पदक पाउनेको नाम सार्वजनिक गरिँदै
आजदेखि सोह्र श्राद्ध सुरु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग