कास्कीको मादी गाउँपालिका वडा नं. ७, छाचोक मजुवा स्थित शुभकामना क्लबले आयोजना गरेको तीन दिने तीज मेला आइतबार सकिएको छ ।
भदौ २० देखि आयोजित मेलामा तीज गीत प्रतियोगिता र गाउँ स्तरीय खुल्ला भलिबल प्रतियोगिता भएको थियो ।
तीज गीत प्रतियोगितामा धनुवास मा.वि. समूह प्रथम, ठकुरी दिदिबहिनी समुह द्वितीय, उपल्लोेस्वाँरा दिदिबहिनी समूह तृतीय र सापकोटा दिदीबहिनी समूह सान्त्वना हुन सफल भए । विजेता समूहलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र २ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
त्यसैगरी, भलिबल प्रतियोगितामा युनाइटेड क्लव, गल्याङ विजेता र क्षेत्री युवा क्लव, चित्रे उपविजेता बने । विजेताले ट्रफीसहित ५० हजार र उपविजेताले ३० हजार साथमा प्रमाणपत्र, मेडल पुरस्कार पाए ।
दुईदिन सम्म सञ्चालित कार्यक्रममा उद्घाटनमा प्रमुख अतिथिमा मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङ्ग, विशेष अतिथि मादी गाउँपालिका, वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्ग, वडा नं. ४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, मादि ५ का वडा अध्यक्ष होम नाथ अधिकारी, माथिल्लो मादी सुरक्षा क्याम्पका मेजर उदय आचार्य थिए ।
दोस्रो दिन प्रमुख अतिथि मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, विशेष अतिथि काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी, पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछाने लगायत थिए । तेस्रो दिन वडा सदस्य योगराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
क्लबका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य सुरेश सापकोटाले गरेका थिए । कार्यक्रमको मूल संयोजकमा राजेन्द्र सापकोटाले गरे । कार्यक्रमको मुल संयोजकमा राजेन्द्र सापकोटा थिए ।
कार्यक्रम सम्पन्न गर्न मादी गाउँपालिको कार्यालय, वडा नं. ७ को कार्यालय लगायत विभिन्न संघ सस्थाहरुको सहयोग रहेको थियो ।
सम्बन्धित खबर
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग