स्याङ्जाको गल्याङ नगरपालिकामा आयोजित प्रथम गल्याङ प्रीमियर लिग (जिपिएल) क्रीकेट प्रतियोगिताको उपाधि गल्याङ ब्लास्टरलाई हात परेको छ । गल्याङ क्रीकेट संघले गत भदौ १ गतेबाट गल्याङ प्रीमियर टी-२० लिग क्रीकेट प्रतियोगिता संचालन गरेको थियो ।
शनिबार भएको फाइनलमा गल्याङ ब्लास्टरले गल्याङ ईगल्सलाई पराजित गरेर उपाधि आफ्नो हात पार्न सफल भएको हो । १४ ओभरमा ९२ रन बनाएर अलआउट भएको ईगल्सलाई दुई विकेट गुमाएर १० ओभरमा नै आफूले पाएको लक्ष्य पूरा गरेर गल्याङ ब्लास्टरले उपाधि जितेको हो ।
उक्त प्रतियोगिताको विजेता गल्याङ ब्लास्टरले एक लाख रुपियाँ र उपविजेता गल्याङ ईगल्सले ५० हजार रुपियाँ पुरस्कार पाएको थियो ।
त्यस्तै, प्रतियोगितामा सहभागी भएका आठ टिम प्रत्येकले जिल्ला बाहिरका ३/३ जना खेलाडी समावेश गरेर प्रतिस्पर्धा गरेका थिए । आयोजक गल्याङ क्रीकेट संघले जिल्लाभित्र क्रीकेट खेलप्रति रुचि राख्ने खेलाडीको पहिचान बढाउने र क्रीकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।
सम्बन्धित खबर
प्रदेश प्रमुख भट्टद्वारा संविधान दिवसमा शुभकामना व्यक्त
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग