बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अनुशासित समाज निर्माण गर्न समुदाय स्तरमा स्थापित सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
संघसंस्थाहरुले सामाजिक अभियन्ता तथा सामाजिक, राजनीतिक अगुवा नेतृत्वको निर्माण गरी समाज र राष्ट्रको असल र कुशल नेतृत्व निर्माणमा समेत भूमिका खेलेको बताए ।
बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ३, धम्जा, माझकटेरामा गौथली सामुदायिक विकास केन्द्रले आयोजना गरेको हरितालिका तीज मेला तथा खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री पाठकले यस्तो बताएका हुन् ।
‘सहमति, सहकार्य र एकता माझकटेराको पहिचान, कला, संस्कृतिक, खेलकूद र विकास हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ गौथली सामुदायिक विकास केन्द्रले २०४७ सालदेखि नै हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा वार्षिक रुपमा तीज महोत्सव सञ्चालन गर्दै आएकोमा खुशी पनि व्यक्त गरे ।
युवाहरु विदेशिने लर्को लागेको बेला गौथली सामुदायिक विकास केन्द्रका युवाहरुले यति राम्रो कार्यक्रम वर्षेनी गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।
यस ठाउँको स्वास्थ्य चौकीहरुको समस्या रहेको आफूले जानकारी पाएको र अब छिट्टै स्वास्थ्य चौकीहरुमा आफ्नो कार्यकालमा सुविधा सम्पन्न गर्ने बताए ।
एमाले प्रतिपक्षमा रहेको बेला पनि आफूले सधैँ सदनमा आवाज उठाएको र अहिले त आफै मन्त्री भएकाले समस्या समाधान गर्न तर्फ लाग्ने बताए ।
सम्बन्धित खबर
बागलुङमा घर भत्काउने क्रममा १ जनाको मृत्यु, ११ घाइते
समस्या पहिचान र समाधानको योजनासहित अघि बढेको छु: स्वास्थ्य मन्त्री पाठक
बागलुङको बुर्तिबाङमा घर भत्काउँदा घरधनीको मृत्यु, ११ जना घाइते
बागलुङ जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो, गाउँपालिका उपाध्यक्षको आमाछोरी र वडाध्यक्षको मृत्यु
बागलुङमा जीप दुर्घटनाः एक जनाको पहिचान खुल्यो
बागलुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग