पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सभ्य समाज निर्माणका लागि नैतिक शिक्षाको खाँचो औंल्याएका छन् ।
पोखरा १५ स्थित श्यामा–श्याम सत्संग पोखराको वार्षिक साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथि भट्टले जीवनको मुक्ति साधना रहेको र सफलताका लागि कर्म अनिवार्य भएको बताए ।
भट्टले भने – हाम्रो जीवनको मुक्ति साधना हो । साधना विना कुनैपनि क्षेत्रको सफलता सम्भव छैन । सफलताको लागि कर्म गर्नुपर्दछ । कर्म असल भयो भने मात्र सफलता सम्भव छ ।
पञ्चममूल जगद्गुरू भक्तियोगरसावतार श्री कृपालुमहाप्रभुले जीव कल्याण हेतु अनुकरणीय शास्त्रसम्मत सिद्धान्त प्रतिपादन गरेको भन्दै उनले मानव जीवनको असल चालचलनले स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न सघाउ पुग्ने बताए ।
प्रदेश प्रमुख भट्टले असल कर्म गर्नु नै धर्म रहेको बताउँदै कर्म असल भयो भने फसल वा फल पनि असल नै प्राप्ति हुने र खराब कर्म अर्थात् कुकर्मको फल खराब नै हुने उल्लेख गरे ।
महापुरुषहरूको संगत र कृपाद्वारा शक्ति प्राप्त गर्न सकिनेमा उनले जोड दिए । उनले भने – ‘दया, माया, करुणा नै एउटा साधकको साधना हो । अरूमा दोष देख्ने प्रवृत्ति आफैमा खराब हो । तसर्थ अरूमा दोष हैन, असल कुरा देख्न सकियो भने मात्र आफूभित्रको शक्ति पत्ता लगाउन र जित्न सकिन्छ । अरूमा दोष देख्ने प्रवृत्तिले आफैमा अहंकार मात्र बढाउँछ ।’
धर्म, अध्यात्म र साधना भनेको समाजका ऐना भएको र यसले असल समाज निर्माण गर्ने बाटोमा अगाडि बढाउने उल्लेख गरे ।
कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले श्यामा श्याम सत्संगले उत्कृष्ट कार्य गर्दै आएको भन्दै वडाले सहकार्य गरेर अघि बढिरहेको बताए ।
सम्बन्धित खबर
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध: मन्त्री थापा
पोखराको विजयपुर उकालोमा बाइकलाई कन्टेनरले ठक्कर दिँदा म्याग्दीका तिलिजाको मृत्यु
प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान
पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग