म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारको हत्यामा संलग्न र सहयोग गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई शुक्रबार जिल्ला अदालत म्याग्दीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले पत्रकार सम्मेलन गरी मीनाका प्रेमी २५ वर्षीय राम खत्रीले हत्या गरेको स्वीकार गरेको जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले हत्यामा मिलेमतो गरेकोमा मुख्य अभियुक्त खत्रीकी आमा ४५ वर्षीया रेणु खत्री, दाइ विक्की खत्री, भाइ २३ वर्षीय श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई समेत घटनामा मिलेमतो गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गरेको गण्डकन्यूजलाई जानकारी दिए ।
गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरी शव बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा पुरेको अभियुक्त खत्रीले बयान दिएका छन् । शव गत साउन २७ गते भेटिएको थियो ।
घटनाको अघिल्लो दिन पुस १५ गते घर परिवारका अन्य सदस्यले गर्भवती भएकाले आफै व्यवस्थापन गर्न दवाव दिएपछि मीनाको घरमै पुगेर बोलाई करिब १ सय मिटर तल रहेको चौतारीमा हत्या गरी झाडीमा लुकाएर पुनः घरमा गएर डोको नाम्लो लिएर कालीमूलको जङ्गलमा खाल्टो खनी पुरेको खत्रीको बयान छ ।
प्रहरीले मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात् सर्वस्व सहित जन्म कैद सजाय माग गरी मुद्धा दर्ता गरेको जनाएको छ । जातीय विभेदकै कारण घटना घटेको हो । कथित् माथिल्लो जातका खत्री परिवारले गर्भवती मीनालाई नस्विकार्दा परिवारै मिलेर उनको हत्या गरेका हुन् ।
प्रहरीले सार्वजनिक गरेको प्रगति विवरणः
सम्बन्धित खबर
दलित भन्दै गर्भवती अवस्थामा हत्या गरिएकी म्याग्दीकी मीनाको अन्त्येष्टि
मीना हत्या प्रकरण: मुख्य अभियुक्त खत्री सहित परिवारका पाँचैजनालाई कर्तव्य ज्यान मुद्दा दर्ता
पहिरोले बेनी–बाग्लुङ, बेनी–जोमसोमसँगको सडक सम्पर्क विच्छेद
बेनी परम्परागत जोगी नाच प्रदर्शन
थासाङ हिउँपहिरो : करिब १३ घण्टापछि थुनिएको बोक्सीखोला बग्न थाल्यो
बेनी नजिक सडकमै बस पल्टियो, ४ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग