पोखरा । लामाचौर कपको तेस्रो संस्करणको च्याम्पियन गण्डकी प्रदेश भलिबल संघको टीम बाग्लुङको एक स्थानिय टिम ट्राभल इन्क्वारी गल्कोटसंग पराजित हुँदा तेस्रो समेत बनेन ।
पोखरामा शुक्रबार भएको तेस्रो स्थानको खेलमा गण्डकी पराजित भएको हो । केही महिनाको विश्राम पछि मैदानमा उत्रिएको गण्डकीको सेट टीमको यो वर्षको नमिठो पराजय हो । घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन गण्डकी दर्शकहरुलाई समेत निराश पार्दै गल्कोट संग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो ।
पहिलो सेटमा केही उत्कृष्ट खेल देखाएको गण्डकी २५–२७ ले, दोस्रो सेट २२–२५ र तेस्रो सेट समान २२–२५ ले गल्कोटलाई सुम्पिँदै चार प्रतियोगितामा सहभागि टीम मध्ये चौथो स्थानमा रहन पुग्यो । लिग चरणमा भने गण्डकीले गल्कोटलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
लामाचौर कपमा गण्डकीले आफूले खेलेका सबै खेलहरुमा निराशापूर्ण खेल प्रदर्शन गरेको छ । नेपाल पुलिस क्लबसंग र सशस्त्र प्रहरीको एपिएफ क्लबसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।
यसैबीच, पुलिस र एपीएफबीच फाइनल खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । २ सेट खेल भएकोमा एक एक सेट बराबरी भएको थियो
सम्बन्धित खबर
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग