अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी–बाग्लुङ र बेनी–जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् इन्सपेक्टर राजन रायमाझीले गएराति पहिरो झरेकाले सडक अवरुद्ध भएको बताए ।
उनका अनुसार दुई अन्नपूर्ण गाउँपालिका ३ गुइँठेभिर र सुकेबगर तथा अन्नपूर्ण गाउँपालिका २ को भुरुङभिरमा झरेको पहिरो पन्छाइए पनि अन्य ठाउँको पहिरो पन्छाएर सकिएको छैन ।
बेनी–जोमसोम सडकखण्डको अझै दुई ठाउँमा पहिरो छ । सो सडकखण्डको रघुगंगा–२ चनौटे र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा झरेको पहिरो पन्छाउने काम जारी छ ।
म्याग्दी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका २ सिममा पनि पहिरो खसेको छ । त्यहाँको पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको छ । सिमबाट अगाडि बढे पनि फेरि अर्को पहिरो बागलुङ खण्डमा झरेकाले गाडीहरु रोकिनु परेको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएकाले दर्जनौं सवारी साधनमा सवार सयौं यात्रु अलपत्र परेका छन् ।
सम्बन्धित खबर
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग