बागलुङको बान्द्रेखोलामा मध्यराति आएको बाढीले सडकमा गुडिरहेका स्कुटर र मोटरसाइकल बगाउँदा तीन युवकको ज्यान गएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ बान्द्रेमा गएराति पौने १२ बजे आएको बाढीले कुँडुलेदेखि मालिका जाँदै गरेको ध १ प ९९९६ स्कुटर र ध २ प ८०१० नम्बरको मोटरसाइकल बगाएको हो ।
स्कुटर र मोटरसाइकल बगाउँदा बान्द्रे अढाइथरका तीन युवकहरु २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अभिषेक रेग्मीको र २० वर्षीय कमल सापकोटा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले गण्डकन्यूजलाई जानकारी दिए ।
अर्जुन र अभिषेकको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले बताए । कमल भने ढिला गरी मृत फेला परेका हुन् ।
डीएसपी यादवका अनुसार मृतक सबैको पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।
सम्बन्धित खबर
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग