पोखरा । सिद्धि सेतुली स्मृति प्रतिष्ठानले पोखराका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, ज्ञानभुमि शान्तरत्न जेहेन्दार पुरस्कार तथा नगद छात्रवृत्ति वितरण गरेको छ ।
प्रतिष्ठानले ‘बाल शिक्षा कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि १२ सम्मका एक सयस ७९ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक बिश्वरत्न शाक्यले जानकारी दिए । कक्षा ११ र १२ मा अध्ययनरत ४६ विद्यार्थीलाई ६/६ हजारका दरले नगद छात्रवृत्ति दिइएको छ । यस्तै, १० वटा बिद्यालयका १ सय १८ जनालाई ब्यागसहित शैक्षिक सामग्री र सहारा आधारभूत विद्यालयका १५ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको शाक्यले बताए ।
पोखराका कन्या क्याम्पस, कन्या मावि, बालमन्दिर मावि, नवप्रभात मावि, सिर्जना बहिरा मावि, अमरसिंह मावि, ज्ञानभूमि आधारभूत बिद्यालय, महेन्द्र मावि, कुँडहर आधारभूत विद्यालय, सिद्धार्थ आधारभूत बिद्यालय र सहारा आधारभूत बिद्यालयका विद्यार्थी छनोट गरेर सहयोग गरिएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका मानार्थ सम्मानित सदस्य डा. अनिल सुवेदीले छात्रवृत्ति पाउने ठूलो कुरा नभइ, सदुपयोग गर्न सक्नु ठूलो हो भने । छात्रवृत्ति पाउने विद्यार्थी अरुभन्दा अब्बल र सक्षम हुनुपर्ने र उनीहरुबाट अरुले सिक्नुपर्ने उनको भनाइ थियो । विद्यार्थीको पढाइलेखाइ विद्यार्थीमा मात्र भर नपर्ने भएकाले अभिभावक र शिक्षक पनि चनाखो हुनुपर्ने उनले बताए । सुबेदीले चन्द्रमा छुने लक्ष्य, कार्य योजना, एक्सन र अनुशासित भई निरन्तरता दिए बिद्यार्थीले सफलता पाउने बताए ।
प्रतिष्ठानका संस्थापक तथा संरक्षक शाक्यले प्रतिष्ठानले आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई सहयोग गर्दै आएको बताए । शिक्षाको पहुँचबाट टाढा रहेका तथा आर्थिक अभावकै कारण पढाइ छोड्नपर्ने अवस्था भएका विद्यार्थीलाई सामाजिक संस्थाले निभाउनुपर्ने दायित्व पूरा गर्ने उनको प्रतिबद्धता थियो । उनले शैक्षिक सामग्री १,१५,४०२/- स्कुल व्याग ६४,४००/- नगद छात्रवृत्ति २,५२,०००/- गरि कुल रु ४,३१,८०२/- को शैक्षिक सामग्री तथा छात्रवृत्ति बितरण गरिएको जानकारी दिए ।
संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक सदस्य नरेन्द्रमान लालचनले सिद्धि सेतुली स्मृति प्रतिष्ठान समाजसेवामा पूर्णरुपमा समर्पित संस्था भएको बताए । प्रतिष्ठानका सहयोगी संरक्षक क्या। मनबहादुर गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन छात्रवृत्ति प्रदान गरिएको बताए ।
छात्रवृत्तिको सक्दो सदुपयोग गर्न उनको सुझाव थियो । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले प्रतिष्ठानको बृहत् कार्यमा वडाले सहयोग गर्ने बताए ।
बाल मन्दिर माविका प्रधानाध्यापक सुशील बस्नेतले छात्रवृत्तिले विद्यार्थीको शैक्षिक विकासमा सहयोग, प्रेरणा र हौसला मिल्ने बताए ।
कार्यक्रममा कन्या क्याम्पसकी विद्यार्थी यसोदा पुर्जा पुन र सिर्जना बहिराका यमुना खत्रीले छात्रवृत्तिले पढाइमा सहयोग गर्ने बताएकी थिइन् ।प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला तझ्याले स्वागत र सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेकी थिइन् ।
प्रतिष्ठानले छात्रवृत्ति बितरणकालागि रु १ करोडको मुद्दती खाता खोलि अक्षय कोष स्थापना गरेको छ । प्रतिष्ठानले शैक्षिक सामग्री (कपी, ड्रईङ, कपी, पेन्सिल, डटपेन, ज्योमेट्री बक्स, ईरेजर, पेन्सिल कटर, क्रेन कलर, स्कुल व्याग), नगद छात्रवृत्ति ९कक्षा ११ र १२ मा अध्ययनरत छनौट भएका प्रत्येक बिद्यार्थीलाई बार्षिक रु ६ हजार र ज्ञानभुमि शान्तरत्न जेहेन्दार छात्रवृत्ति (वार्षिक परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने ज्ञानभूमि मा.वि.का आधारभुत (प्राथमिक, नि.माध्यमिक) र माध्यमिक तहका एक एक छात्र र छात्रालाई तह अनुसार रू १ हजार, २ हजार र ३ हजार गरी कुल १२ हजार गरि ३ प्रकारका छात्रवृत्ति १५४ जना बिद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको शाक्यले बताए । यस बर्षदेखि सहारा आ.बि. १५ जना बिपन्न समुदायका बिद्यार्थीलाई स्टेशनरी प्रदान गरि पहिले पटक समेटिएको हो ।
पापदण्ड पूरा गरेका छात्रा छात्रहरूले आवश्यक कागजात र बिद्यालयको सिफारिससहित प्रतिष्ठानमा आवेदन दिएपछि छात्रवृत्तिका लागि नाम छनोट गरिएको प्रतिष्ठानका सचिब इन्द्रकमल मानन्धरले बताइन् ।
छात्रवृत्ति छात्र र छात्राको अनुपात बराबर हुने गरिने र एक पटक छानिएका बिद्यार्थीलाई बिद्यालय छोडे वा अन्तिम परीक्षामा अनुत्तिर्ण भएको अवश्था बाहेक सो बिद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिन्जेल निरन्तर छात्रबृत्ति सुबिधा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष प्रमिला तझ्याले बताइन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ