काठमाडौँ । नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रुपमा समापन हुदैछ । नेपाल संवत् अनुसार दशौँ महिनालाई गुँला भनिन्छ ।
यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्यले जानकारी दिए ।
यो महिनामा क्षमता अनुसार भित्री मनदेखि दान दिने गरिन्छ । राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने गरिन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।
गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ ।
गुँला पर्वको अन्तिम दिन आज विधिपूर्वक विशेष पूजा आराधना गरी एक महिने व्रत समापन गरिन्छ । आजदेखि नै नेवार समुदायले इयँला महिना पनि विशेष रूपमा मनाउँछन् ।
सम्बन्धित खबर
आजदेखि सोह्र श्राद्ध सुरु
मुस्ताङमा २० करोडको लागतमा गुम्बा
आज ईन्द्र जात्रा पर्व मनाईंदै
आज विश्वकर्मा पूजा
छाब्दीवाराही मन्दिर: धार्मिक गन्तव्यस्थल
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग