पोखरा । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट जारी नगर्ने भएको छ । दसैँतिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।
नयाँ नोट नछापे पनि केन्द्रीय बैंकले सर्वसाधारणलाई सुकिला नोट सटही गरिदिने जनाएको छ । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।
यद्यपि, यस वर्षबाट सो योजनालाई कार्यान्वयन गरिने नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । दसैँतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको जनाएको छ । सामान्यतया नोटको दर अनुसार तीनदेखि चार वर्ष नोटको आयु हुने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।
सम्बन्धित खबर
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
राष्ट्रिय शिक्षा दिवस : पदक पाउनेको नाम सार्वजनिक गरिँदै
आजदेखि सोह्र श्राद्ध सुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
आज ईन्द्र जात्रा पर्व मनाईंदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग