पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो खेलमा जित निकालेका छन् ।
पहिलो दिनको खेलमा विभागिय टोली एपिएफ क्लबले ट्राभल इन्क्वारी गल्कोट (टिआइजी)लाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । टिआइजिते २७–२५ मा जित्दै विभागिय टोली माथी सोझै दबाव सिर्जना गर्यो ।
तर अनुभवी विभागिय टोली एपिएफले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारे पनि टिआइजीले चौथो सेटमा मन छुने खेल प्रदर्शन गर्यो । टिआइजीले एपिएफ विरुद्ध सघर्षपूर्ण खेल प्रदर्शन गरे पनि २४–२६ ले खेल गुमाउन पुग्यो ।
यता घरेलुु टोली गण्डकी भने विभागिय टोली नेपाल पुलिस क्लब संग ३–० को सोझो सेटमा पराजित भएको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको गण्डकीले खराब खेल प्रदर्शन गर्दै पहिलो सेट १७–२५ ले गुमायो भने दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो सेट गण्डकी खेलमा फर्किने प्रयास गरे पनि २८–३० ले खेल गुमाउन पुग्यो ।
दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमण्ड र गण्डकी तथा दोस्रो खेलमा एपिएफ र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुने छन् । राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध: मन्त्री थापा
पोखराको विजयपुर उकालोमा बाइकलाई कन्टेनरले ठक्कर दिँदा म्याग्दीका तिलिजाको मृत्यु
प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान
पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग