स्याङ्जाको हरिनास गाउँपालिका -२ पुछौदीमा संचालनमा रहेको फर्निचर उद्योगबाट सामान चोरी गर्नेलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य बेतियाग्राम पंन्चायत ईनर्वा -५ बस्ने ३० वर्षीय मनोज कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । महतो बालकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा काम गर्दै आएका थिए ।
डिएसपी रानाका अनुसार महतोले शुक्रबार राती उक्त फर्निचर उद्योगमा रहेको जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर साईजर मेसिन डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरू समेत चोरी फरार भएका थिए ।
फरार भएका महतोलाई शनिबार स्याङ्जा प्रहरीले पर्सा बिरगंज महानगरपालिका -१६ बिरगंज बसपार्क हाताभित्रबाट पक्राउ गरिएको र सामानहरु समेत बरामद गरिएको डिएसपी रानाले बताए ।
पक्राउ परेका महतोलाई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्धा दर्ता गरी सोमबार स्याङ्जा अदालतबाट म्याद थप लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा
स्याङ्जाकी जमुनाको ओमनमा रहस्यमय मृत्यु, न्याय खोज्दै कुमाल परिवार
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग