स्याङ्जामा एक वर्षमा १४ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीसम्बन्धी घटनामा अधिकांश पीडित बालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा जबर्जस्ती करणीसम्बन्धी सातवटा मुद्दा दर्ता भएका हुन् । सोही घटना सम्बन्धीमा सातवटा मुद्दा बालयौन दुर्व्यवहारसम्बन्धी रहेका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा २६ वटा जबर्जस्तीकरणी घटनामध्ये दुईवटा बालयौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका थिए । आ.व. २०७८/०७९ को एक वर्षको अवधिमा २१ वटा जबर्जस्तीकरणी घटनामध्ये तीनवटा बालयौन दुर्व्यवहारसम्बन्धी मुद्दा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जबर्जस्ती करणीसम्बन्धी घटनामा अधिकांश पीडित १८ वर्षभन्दा कम उमेर समूहका बालिका रहेका छन् ।
धेरैजसो बलात्कारको घटना यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले बढ्ने गरेको प्रहरी अनुसन्धानले देखाएको डिएसपी रानाले बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको जानकारी दिए ।
स्याङ्जामा जबर्जस्ती करणी मुद्दा दर्ता भए मध्येका अधिकांश घटना बालबालिका माथी भएका छन् । यस्ता घटनाले बालिकाहरु असुरक्षित बन्दै गएका छन् ।
सम्बन्धित खबर
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा
स्याङ्जाकी जमुनाको ओमनमा रहस्यमय मृत्यु, न्याय खोज्दै कुमाल परिवार
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
एक वर्षमा क्षयरोगबाट स्याङ्जाका १४ जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग