पोखराका १८ विद्यालयका १९ सांगीतिक समूह (ब्यान्ड) लाई पछि पार्दै गुरुकुल विद्या सदनले दोस्रो ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’ को उपाधि जितेको छ । शनिबार फाइनलमा पुगेका १० स्कुलका ब्यान्डमध्ये गुरुकुल पहिलो भएको हो ।
पोखरा सांगीतिक कलाकार संघले पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ अभियानअन्तर्गत प्रतियोगिता गरेको हो । उपाधि विजेता गुरुकुलले एक लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ग्लोबल कलेजियट माविले दोस्रो र फिस्टेल एकेडेमीले तेस्रो स्थान प्राप्त गरे । उनीहरुले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पाए ।
प्रतियागिताको उत्कृष्ट गायनमा कालिका माविका अमोन गुरुङ, उत्कृष्ट बास गिटारिस्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, उत्कृष्ट लिड गिटारिस्टमा प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए । उत्कृष्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, उत्कृष्ट शब्दमा लाभिन्स रेसिडेन्सियल स्कुल र उत्कृष्ट संगीत संयोजनमा कालिका मावि चुनिए । प्रतियोगितामा पब्लिक च्वाइसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइसमा मदरल्यान्ड मावि (बी) छानिए । विधागत रुपमा उत्कृष्ट भएको ब्यान्डले नगद ५/५ हजार प्राप्त गरे ।
शुक्रबार १८ विद्यालयका १९ ब्यानड पहिलो राउन्डमा सहभागी थिए । मदरल्यान्ड माविको ‘ए’ र ‘बी’ गरी दुई टिम सहभागी थिए । पहिलो राउन्डमा प्रस्तुति दिएका १९ मध्ये १० ब्यान्ड फाइनलमा प्रवेश गरेका थिए । शनिबार फाइनल राउन्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्या सदन, ग्लोबल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्यान्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा प्रतिस्पर्धी स्कुल ब्यान्डहरुले २/२ वटा गीत प्रस्तुत गरेका थिए । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले जानकारी दिए ।
विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठ, संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) लगायतले पुरस्कार वितरण गरे । महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले गीत संगीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको बताउँदै भने, ‘गीत, संगीतमा पनि भविष्य छ । यसलाई पनि पेशा बनाएर सजिलै जीविकोपार्जन गर्न सकिन्छ । तर त्यसका लागि तपाईंमा कला र रुची हुनुपर्यो ।’
संघले ‘ग्रास रुट’बाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै ब्यान्डहरुलाई पुनर्जागृत गराउने संघको भनाइ छ । यसले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्न सघाउ पुग्ने पनि आफूहरुको विश्वास रहेको संघका अध्यक्ष गुरुङले बताए ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा ब्यान्डहरुको राजधानी भनेर चिनिएको भन्दै उक्त पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दबाब पुग्ने उनको धारणा छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध: मन्त्री थापा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग