पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत् चयन भएका छन् ।
टान गण्डकीको शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनले यसअघि वरिष्ठ उपाध्यक्ष रहेका आचार्यलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सडौला, सह-सचिवमा भूपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दीपकप्रसाद सापकोटा छन्।
यसैगरी कार्यसमिति सदस्यमा प्रकाश पौडेल, माधवप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भूपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना छन् ।
निवर्तमान अध्यक्ष धर्मराज पन्थी छन् ।
यसअघि, अधिवेशन उद्घाटन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए । उनले टानले पर्यटकहरूलाई गन्तव्यमा पुर्याई प्राकृतिक सुन्दरता, मनमोहक वातावरण, ऐतिहासिक सम्पदा लगायतका महत्वका स्थानहरुको अवलोकन गराउन महत्वपूर्णं भूमिका खेलेको बताउँदै देशलाई विश्वमाझ चिनाउन नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोगीका रुपमा रहेको बताए ।
सम्बन्धित समाचारः
वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छः प्रदेश प्रमुख भट्ट
सम्बन्धित खबर
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध: मन्त्री थापा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग