पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिन्दु धर्म संस्कृति सनातन देखिको संस्कार रहेको बताएका छन् ।
पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २९ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि उनले गुप्तेश्वर महादेव गुफा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य रहेको उल्लेख गरे ।
प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउँदै उनले गुफालाई सुरक्षित राख्नुपर्नेमा जोड दिए ।
‘यहाँको टड्कारो आवश्यकता र हाम्रो मुख्य दायित्व भनेको गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण नै हो ।’ उनले भने– ‘स्थानीयबासी, गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना, गुफाको संरक्षणसँगै आफ्नो पनि सुरक्षाका विषय सम्बोधन हुन सक्दछ भन्नेमा सचेत रहनुपर्दछ ।’
वर्षेनी लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक ५ करोड बढी आम्दानी हुने यस गुफाबाट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै जनसहभागिताबाट संचालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरिरहेको भन्दै प्रशासा गरे ।
‘गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु प्रशंसनीय काम हो ।’ – उनले भने।
सम्बन्धित खबर
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिवद्ध: मन्त्री थापा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग