गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सिद्धार्थ राजमार्गमा गुडिरहेको एम्बुलेन्समा अचानक आगलागी हुँदा एम्बुलेन्समा पूर्ण क्षति पुगेको छ । मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार गत राती करिब १० बजे स्याङ्जाको पुतलीबजार न.पा.-११ करेनडाँडा स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट पोखरा तर्फ बिरामी लिई हिँडेको गह्रौँ प्राथमिक अस्पताल वालिङ, स्याङ्जाको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङजाबाट प्रहरी टोली सहित नगरपालिकाको दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए । उनले एम्बुलेन्स पूर्ण क्षति भएको र मानविय क्षति नभएको जानकारी दिए ।
सम्बन्धित खबर
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा
स्याङ्जाकी जमुनाको ओमनमा रहस्यमय मृत्यु, न्याय खोज्दै कुमाल परिवार
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग