गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नवलपुर । नवलपुरको विनयी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेप्टी ट्यांकमा निसास्सिएर तीनजनाको मृत्यु भएको छ।
शुक्रबार बिहान ११ बजेतिर स्थानीय भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेप्टी ट्यांकभित्र काम गर्ने क्रममा तीनजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा भोलाका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा रहेका छन्।
उनीहरू सेप्टी ट्यांकी निर्माण गर्ने क्रममा निस्सासिएर त्यहीभित्र बेहोस भएर लडेका थिए। उपचारको क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
मन्त्री बनेपछि गृह जिल्लामा पद्मा
नवलपरासी बर्दघाट सुस्ता पूर्वको नाम फेरेर ‘नवलपुर’ राख्न माग
गैंडाकोट दुर्घटना [अपडेट]: घाइते स्याङ्जाकी श्रीमायाको पनि मृत्यु
बसको ठक्करबाट घाइते महिलाको मृत्यु
बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु, स्याङ्जाकी श्रीमाया घाइते
नवलपुरमा सेप्टी ट्यांकीमा निस्सासिएर ३ जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग